• २०८३ भदौ २३
  • 2026 September 08, Tuesday

बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीहरुको २ करोड २ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड रूपैयाँ बढी सहयोग गरेका छन् ।

टेलिकमका कर्मचारीहरूकाे तर्फबाट बाढी प्रभावितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।

उक्त सहयोग रकम नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी छिन् ।

बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको टेलिकमले जनाएको छ । यस सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्ने जनाएको छ।