• २०८३ भदौ २७
  • 2026 September 12, Saturday

फाइनलमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

आसिफको शतक र गुल्शनको अर्धशतक

काठमाडौँ । नेपालले युएईलाई ३१४ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कपको फाइनलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले १०२ रनको शतकीय पारी खेलेका थिए भने गुलशन झाले अर्धशतक बनाउँदै ५२ रन बनाएका थिए ।

त्यसैगरी, अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दिपेन्द्र सिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ रन बनाए भने इशान पाण्डेले १३ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर इब्रार अहमदले ४ विकेट लिए भने खुजैमा तनवीरले २ विकेट लिएका थिए ।