काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज ४ आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, बेहुली, पार्वती र तिनीहरु इलेफेन्ट इन द फगको बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो ।
जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २५ करोड ९४ लाख ७३ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४० हजार ९१५ टिकट बिक्री गरेको छ ।
त्यसैगरी, भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म ३ करोड ७९ लाख ७६ हजार कमाई गरेको छ भने यस चलचित्रका एक लाख २९ हजार ११८ टिकट विक्री भएका छन् । त्यस्तै, भदौं २६ गतेदेखि नै प्रदर्शनमा आएको चलचित्र बेहुलीले २ करोड ६८ लाख २८ हजार कमाई गरेको छ भने यस चलचित्रका ९४ हजार ८८५ टिकट विक्री भएको छ ।
त्यस्तै, भदौ १२ गतेदेखि प्रदर्शनमा आएको पार्वतीले बक्स अफिसमा अहिलेसम्म २ करोड २४ लाख ३१ हजार कमाई गरेको छ भने अहिलेसम्म ७९ हजार ८४६ टिकट विक्री भएका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रियरुपमा चर्चामा आएको तिनीहरु इलेफेन्ट इन द फगले अहिलेसम्म एक करोड १६ लाख ५४ हजार कमाइ गरेको छ । यस चलचित्रले ३३ हजार १३६ टिकट बिक्री गरेको छ । यो फिल्मलाई नेपालबाट आउदो ओस्कारका लागि समेत सिफारिस गरिएको छ ।