काठमाडौँ। ओपनर डार्सी शर्टले पुनः लुम्बिनी लायसन्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्ने भएका छन् । गत वर्ष लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन अस्ट्रेलियन ओपनिङ ब्याटर शर्टले प्रमुख भूमिका खेलेका थिए ।
उनले सबै १० खेल खेल्दै एक अर्धशतकसहित १२१ भन्दा माथिको स्ट्राइक रेटमा २ सय ५६ रन बनाएका थिए । लुम्बिनी लायन्सबाट उनले भन्दा बढि रन कप्तान रोहित पौडेलले मात्र बनाएका थिए । गत सिजनको एनपीएलमा शर्ट सर्वाधिक रन बनाउने सुचिमा चौथो स्थानमा थिए ।
लुम्बिनी लायन्सले अर्को महिना हुने एनपिएलाई अनुबन्धित गरेको ३६ वर्षे शर्ट तेस्रो विदेशी खेलाडी हुन् । लुम्बिनी लायन्सको गत सिजनको विजयी यात्रामा प्लेयर अफ द सिरिजमा चुनिएका नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमन र श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालाई पनि अनुबन्धित गरिसकेको छ । यी तीनै खेलाडीले गत सिजन लुम्बिनीबट खेलिसकेका थिए ।
‘हाम्रो युवा टोलीलाई गत वर्ष जस्तै यस पटक पनि डार्सी शर्टको अनुभव निकै महत्वपूर्ण हुने अपेक्षा गरेका छौं, गत वर्षको च्याम्पियन यात्राम उनले देखाएको फाइटिङ स्प्रिट हामीले कहिल्यै भुल्ने छैनौं । उनको उपस्थिति पनि हाम्रा युवा खेलाडीले धेरै सिक्ने अवसर पाउने छन्,’ लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले भने ।