• २०८३ असोज १२
  • 2026 September 28, Monday

सिटिजन्स बैंकको गण्डकी प्रदेशस्तरीय सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गण्डकी प्रदेशमा ‘क्यापिटलाइज्ड अन टुरिजम : बजेट अभिमेन्ट एन्ड ग्रोथ स्ट्राटेजी इस्यु–गण्डकी प्रदेश’ विषयक सेमिनार सम्पन्न गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कर्मचारीको उपस्थितिमा शुक्रबार काठमाडौंमा कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ।

सेमिनारमा गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताका विषयमा छलफल गरिएको थियो। साथै पर्यटन, आर्थिक गतिविधि तथा प्रदेशको विकाससँग सम्बन्धित विषयमा अन्तरक्रिया गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामा १५ वटा शाखा कार्यालय सञ्चालनमा छन्। यसअघि बैंकले बागमती, कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि विभिन्न विषयमा प्रदेशस्तरीय सेमिनार सम्पन्न गरिसकेको जनाएको छ।

बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा कर्जा प्रवाहमा १.२४ प्रतिशतले वृद्धि गरी १ खर्ब ७१ अर्ब ३३ करोड रुपैयाँ पुर्‍याएको जनाएको छ। सोही अवधिमा निक्षेप संकलनमा १.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ करोड रुपैयाँ पुगेको बैंकको भनाइ छ।

बैंकका अनुसार खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

बैंकले हालै ‘सिटिजन्स फोनमा क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजिटल बैंक सेवा’ लगायतका सेवा सञ्चालनमा ल्याएको जनाएको छ। साथै ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंकका अनुसार बैंकले देशभर २०० वटा शाखा, १९७ वटा एटीएम, ३ वटा विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।