• २०८३ असोज ११
  • 2026 September 27, Sunday

पहिरोका कारण मनकामना सडक प्रभावित, केबलकार सेवा भने सञ्चालनमा

काठमाडौं । पहिरोका कारण मनकामना जाने सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। मनकामना पुगेको मार्गको दोस्रो घुम्तीमा तीन ठाउँमा पहिरो गएपछि सडक प्रभावित भएको हो।

यद्यपि, मनकामना मन्दिर दर्शन तथा केबलकार सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जनाइएको छ।

पहिरोका कारण सवारी साधनलाई सावधानीपूर्वक आवतजावत गराउनुपर्ने अवस्था रहेको जनाइएको छ। भक्तजनका लागि करिब ८० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ।

मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिने जनाइएको छ। सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने र केबलकार सेवा सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ।

यात्रु तथा भक्तजनलाई आवश्यक सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ।