• २०८३ असोज १४
  • 2026 September 30, Wednesday

परिचित नाम, नयाँ कथा : NEPSE Bulls को पुनः आगमन

काठमाडाैं । सागर डिस्टिलरीले विश्व व्हिस्की बजारमा दशकौँदेखि कायम एउटा विशिष्ट सोचलाई आधार बनाउँदै ‘NEPSE Bulls’ लाई नयाँ स्वरूपमा बजारमा ल्याउने भएको छ। नेपालले व्हिस्कीको इतिहास र कथामा प्रवेश गर्ने समय आएको सन्दर्भलाई जोड्दै डिस्टिलरीले यसलाई पुनः प्रस्तुत गर्न लागेको हो।

व्हिस्कीका पारखीहरूमाझ बहुचर्चित तर तुरुन्तै परिभाषित गर्न गाह्रो मानिने शब्द हो— ‘Rare Malt’। कानुनी रूपमा स्कच व्हिस्कीका पाँच श्रेणी रहे पनि Rare Malt कुनै कानुनी श्रेणी होइन, यो दशकौँको अनुभव र छनोटबाट विकसित परम्परा हो।

यसको जग तीन मुख्य पक्षमा टिकेको छ । Provenance (उत्पत्ति र कथा): व्हिस्की कहाँ र कसरी तयार भयो भन्ने सम्पूर्ण इतिहास।
Character (मौलिकता): परिपक्व व्हिस्कीको बलियो र अद्वितीय चरित्र।
Rarity (दुर्लभता): निर्माणका क्रममा जुटेका, फेरि दोहोरिन नसक्ने विशेष परिस्थितिहरू।

यही परम्परालाई पछ्याउँदै सागर डिस्टिलरीले NEPSE Bulls लाई “A Fine Expression of Scottish Rare Malt” को स्पष्ट सोचसहित अघि सारेको छ। यो कुनै प्रतिष्ठा सापटी लिने प्रयास नभई, उत्पादनले आफूलाई कुन स्तरको कुराकानीमा उभ्याउन चाहन्छ भन्ने अभिव्यक्ति हो।

यस कथाको केन्द्रमा ब्लेन्डमा प्रयोग गरिएको १० वर्ष पुरानो Rare Malt रहेको छ। यो स्कटल्यान्डका प्रसिद्ध Highland र Speyside क्षेत्रका Malt Whisky हरूको मिश्रण हो, जसमा हाल अस्तित्वमा नरहेको डिस्टिलरीको व्हिस्कीसमेत समावेश छ। केही हजार लिटर मात्र उपलब्ध रहेको यो दुर्लभ माल्टको सानो हिस्सा NEPSE Bulls मा प्रयोग गरिएको छ। दोहोरिन नसक्ने विशेषता र बलियो चरित्रका कारण यो सम्भवतः नेपालमै Rare Malt प्रयोग गरी तयार पारिएको एकमात्र व्हिस्की हो।

अहिले नेपाली व्हिस्की उपभोक्ताको सोच बदलिएको छ। सिंगापुर, दुबई वा लन्डनजस्ता विश्वका विभिन्न शहरमा पुगेर अध्ययन र भ्रमण गर्ने नयाँ पुस्ताले मूल्यका आधारमा होइन, उत्पादन पछाडिको कथा र गुणस्तरका आधारमा व्हिस्कीलाई मूल्यांकन गर्न थालेका छन्। बजारले यो परिवर्तनलाई सुस्त गतिमा बुझिरहेका बेला सागर डिस्टिलरीले नयाँ नाम खोज्नुको सट्टा नेपालीहरूले पहिले नै विश्वास गरिसकेको ‘NEPSE Bulls’ लाई नै छानेको छ। यसको उद्देश्य नेपाली व्हिस्कीप्रेमीहरूले सुरु गरिसकेको गहन कुराकानीलाई अझ अगाडि बढाउनु हो।

विश्वबजारमा Rare Malt ले आफूलाई स्थापित गर्न दशकौँ समय लगाएको छ। नेपालमा भने त्यो यात्रा र कथाको सुरुआत अब NEPSE Bulls बाट सुरु हुँदैछ।