• २०८३ असोज २०
  • 2026 October 06, Tuesday

कांग्रेस बन्द सत्रको छलफल सकियो, भोलि प्रस्ताव पारित गरिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारको बन्द सत्रको छलफल सकिएको छ ।

बन्द सत्रमा सभापति गगन थापाले प्रस्तुत गरेको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

छलफलमा सात प्रदेशका साथै कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए ।

बन्द सत्रको छलफल भोलि असोज २१ गते बिहान साढे १० बजे पुनः सुरु हुने कांग्रेसले जनाएको छ। भोलिको सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

भोलिको बन्द सत्रले प्रस्तुत राजनीतिक प्रस्ताव तथा प्रतिवेदनहरू पारित गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।