• २०८३ कात्तिक १३
  • 2026 October 29, Thursday

एनएमबि बैंक र भिसा बीच ‘भिसा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडाैं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिसा (Visa) सँग ‘भिसा डाइरेक्ट टु एकाउन्ट’ (Visa Direct to Account) सेवाका लागि सम्झौता गरेको छ। भिसाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा रकम भुक्तानी तथा स्थानान्तरणमा आइरहेको छ।

यस सम्झौतापश्चात् एनएमबि बैंकका ग्राहकहरूले विदेशबाट रकम पठाउने नयाँ र सहज विकल्प प्राप्त गर्नेछन्। यो प्रविधि प्रयोग गरी ग्राहकहरूले बैंक खाताबाट अर्को व्यक्तिको वा सुरक्षित रूपमा रकम स्थानान्तरण गर्न सक्नेछन्।

एनएमबि बैंकले हाल देशभरिका १९६ शाखाहरू, १०६ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।