काठमाडौं । प्रतिकूल मौसमका कारण स्थगित गरिएको ‘SALICO Golf Tournament 2026’ आगामी नोभेम्बर १४ (शनिबार) मा आयोजना हुने भएको छ ।
श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले अक्टोबर ३१ (शनिबार) का लागि तय गरेको प्रतियोगिता मौसमको प्रतिकूलताका कारण स्थगित गर्दै नयाँ मिति सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार प्रतियोगिता अब नोभेम्बर १४, २०२६ (शनिबार) का दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुनेछ ।
मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेको भन्दै कम्पनीले यसबाट सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।
साथै, प्रतियोगिताप्रति सहभागीहरूले देखाएको उत्साह, चासो र सहयोगप्रति आभार व्यक्त गर्दै कम्पनीले नयाँ मितिमा पनि सबैको सक्रिय सहभागिता र निरन्तर साथको अपेक्षा गरेको जनाएको छ ।