काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले यही शनिबारका गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्न लागेको सलिको गल्फ टुर्नामेन्टको स्थगित गरेको छ।
सलिकोले प्रतिकूल मौसमका कारण स्थगित गरी नयाँ मिति तय गरिएको जानकारी दिएको हो। उक्त प्रतियोगिता आउँदो नोभेम्बर १४ का दिन गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने
भएको छ।
हालैमात्र देशमा देखिएको मौसमको प्रतिकूलताका कारण प्रतियोगिताको मिति परिवर्तन गर्नुपरेकोमा कम्पनीले सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ।