• २०८३ कार्तिक १८
  • 2026 November 04, Wednesday

एनपीएलमा आजपनि दुई खेल हुँदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

आज पहिलो खेल अपरान्ह साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

त्यसैगरी, आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुँदैछ । लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुँदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।