• २०८३ कार्तिक १८
  • 2026 November 04, Wednesday

विराटनगर किंग्सले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए भने लोकेश बमले ५० रन बनाएका थिए । त्यसैगरी, आन्द्रे रसेलले २८ बलमा अर्धशतक बनाउदै अविजित ५२ रन बनाएका थिए ।

त्यस्तै, जनकपुर बोल्ट्सका बलर अभिषेक तिवारीले २ विकेट लिएका थिए भने मोईन अलीले एक विकेट लिए ।