• २०८३ कार्तिक ३०
  • 2026 November 16, Monday

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाकाे शिष्टाचार भेट

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा साेमबार भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका अवसरमा नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियाे ।