• २०८३ भदौ ७
  • 2026 August 23, Sunday

जुरेली चरा (तस्बिरहरु)

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा देखिएका जुरेली चरा । पहाडी तथा ग्रामीण क्षेत्रमा पाइने जुरेली चरा आफ्नो चञ्चल स्वभाव, आकर्षक स्वर र सुन्दर उपस्थितिका कारण चराप्रेमी तथा प्रकृतिप्रेमीको ध्यान खिच्ने गर्छ ।

गाउँघर आसपासका वन, झाडी तथा खेतबारी क्षेत्रमा समेत देखिने यस्ता चराले स्थानीय जैविक विविधताको सुन्दरता थपेका छन् । पछिल्लो समय प्राकृतिक बासस्थानमा भइरहेको परिवर्तनका कारण चराचुरुङ्गीको संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।