• २०८३ भदौ १०
  • 2026 August 26, Wednesday

नुवाकोटस्थित त्रिशूली बहुमुखी क्याम्पसको एमबीएस परीक्षा स्थगित

काठमाडौं । प्राकृतिक विपत्तिका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिशूली, नुवाकोटस्थित त्रिशूली बहुमुखी क्याम्पसको परीक्षा केन्द्रमा सञ्चालन हुने स्नातकोत्तर तहको परीक्षा स्थगित गरिएको छ। त्रिविको डीन कार्यालय, व्यवस्थापन संकायले सूचना जारी गर्दै Master of Business Studies (MBS) कार्यक्रमअन्तर्गत MGT 522: International Business विषयको परीक्षा स्थगित गरिएको जनाएको हो।

पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार २०८३ भदौ ११ गते सञ्चालन हुने भनिएको उक्त परीक्षा त्रिशूली बहुमुखी क्याम्पस, त्रिशूली, नुवाकोट परीक्षा केन्द्रका लागि मात्र स्थगित गरिएको सूचनामा उल्लेख छ।

प्राकृतिक विपत्तिबाट सिर्जना भएको प्रतिकूल परिस्थितिका कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको त्रिविले जनाएको छ।

स्थगित परीक्षाको नयाँ मिति तथा समयबारे पछि छुट्टै सूचना प्रकाशित गरिने विश्वविद्यालयले स्पष्ट पारेको छ।

यसैबीच, त्रिशूली बहुमुखी क्याम्पसको उक्त परीक्षा केन्द्रबाहेक अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने त्रिविको व्यवस्थापन संकायले जनाएको छ।

विद्यार्थीहरूलाई परीक्षा सम्बन्धी थप जानकारीका लागि त्रिवि तथा सम्बन्धित परीक्षा केन्द्रबाट जारी हुने आधिकारिक सूचना हेर्न आग्रह गरिएको छ।