काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढिपिडितको उद्दार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपतिको कार्यालयले विहबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपित पौडेले एक महिनाको पारिश्रमिक सरकारी कोषमा दिने जानकारी दिएको हो ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारको प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा सहयोग गर्ने क्रम जारी छ ।
