काठमाडौँ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले हालै देशका विभिन्न भागमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावितहरूको राहत, पुन:स्थापना र पुनर्निर्माणका लागि सरकारलाई ३ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।
यो सहयोग जावलाखेल ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व र प्राकृतिक विपत्तिमा परेका समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले उल्लेख गरेको छ।
बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारहरूप्रति गहिरो दुःख व्यक्त गर्दै जेजीआईले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, यस विपत्तिले कठिन समय भोगिरहेका सम्पूर्ण व्यक्ति र समुदायप्रति कम्पनीले ऐक्यवद्धता जनाएको छ।
कम्पनीले यस संकटको घडीमा ‘राहत, पुन:स्थापना, पुनर्निर्माण र ऐक्यवद्धता’ को मूल मन्त्रसहित सरकारको प्रयासमा साथ दिने प्रतिबद्धता दोहोर्याएको छ।