• २०८३ भदौ २०
  • 2026 September 05, Saturday

बाढीपीडितलाई दीपशिखा धितोपत्र कम्पनीको १५ लाख सहयोग

काठमाडौं । धितोपत्र कारोबार गर्दै आएको दीपशिखा कम्पनीले भोटेकोशी बाढीपीडितलाई १५ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ। कम्पनीले बिहीबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ लाख रुपैयाँ पठाएको हो।

रसुवाको भोटेकोशी बाढीपीडितका लागि थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको दीपशिखा धितोपत्र कम्पनीका अध्यक्ष दीपकराज ओलीले जानकारी दिए। संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपीडितलाई सहयोग गरेको उनको भनाइ छ।

गत १० भदौमा रसुवाको भोटेकोशीमा तिब्बततिरबाट हिमनदी चट्टान फुटेर आएको बाढीले व्यापक जनधनको क्षति भएको छ।