• २०८३ भदौ ३०
  • 2026 September 15, Tuesday

प्रधानमन्त्री राहत कोषमा जेभियर इन्टरनेशनल कलेजको १० लाख रुपैयाँ सहयोग

काठमाडौँ। शिक्षा क्षेत्रको अग्रणी संस्था जेभियर इन्टरनेशनल कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्दार तथा राहत कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कलेजले मंगलबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलमार्फत कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

‘अ मिलियन रुपिज, अ कमिटमेन्ट टु सम्थिङ बिगर’ भन्ने नारासहित प्रदान गरिएको उक्त रकम भोटेकोशी बाढी प्रभावित समुदायहरूलाई सहयोग गर्ने आफ्नो निरन्तरको प्रतिबद्धताको एक हिस्सा भएको कलेजले जनाएको छ ।

यस्तै, कलेजले ‘शिक्षा भनेको कक्षाकोठाभन्दा परको विषय हो’ भन्ने आफ्नो मूलमन्त्र अनुरुप आवश्यकता पर्दा एकताबद्ध भएर उभिन सक्ने जिम्मेवार नागरिकहरू तयार पार्न कटिबद्ध रहेको उल्लेख गरेको छ ।

कलेजले बाढी प्रभावितलाई आगामी दिनमा आवश्यक पर्ने सहयोग जारी राख्ने समेत बताएको छ ।