• २०८३ असोज ४
  • 2026 September 20, Sunday

सामसङ नेपालको दशैँ–तिहार अफर : “Smart Upgrade घरमा, Lucky Surprise चाडमा”

काठमाडौँ। सामसङ नेपालले दशैँ–तिहारको अवसर पारेर आफ्ना उपभोक्ताहरूका लागि नयाँ चाडपर्व अफर “Smart Upgrade घरमा, Lucky Surprise चाडमा” सार्वजनिक गरेको छ। सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म लागू हुने यस अभियान अन्तर्गत सामसङका टिभी तथा होम अप्लायन्सको खरिदमा आकर्षक क्यासब्याक, पक्का उपहार र लक्की ड्रमार्फत पुरस्कार जित्ने अवसर प्राप्त हुनेछ।

यस क्यामपेन अवधिमा सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने ग्राहकहरूले दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुन पाउनेछन्।

लक्की ड्र र पुरस्कारको व्यवस्था:

दैनिक विजेता (३१ जना): टिभी खरिद गर्ने विजेताले ९ केजीको फ्रन्ट लोड वासिङ मेसिन र वासिङ मेसिन, रेफ्रिजेरेटर वा एसी खरिद गर्ने विजेताले ५५ इन्चको UHD टिभी उपहार पाउनेछन्।

साप्ताहिक विजेता (८ जना): कुनै पनि योग्य सामग्री खरिद गर्ने ग्राहकहरूमध्येबाट छनोट हुने साप्ताहिक विजेताले १ टनको सामसङ एसी प्राप्त गर्नेछन्।

लक्की ड्रमा कसरी सहभागी हुने?

सामग्री खरिद गरेपछि सामानको पछाडि रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी Samsung [१४ अंकको सिरियल नम्बर] टाइप गरेर ३७२७३ मा SMS पठाउनुपर्नेछ। विजेताको घोषणा हरेक बुधबार इमेज च्यानलको “Music of Your Choice” कार्यक्रममार्फत गरिनेछ भने विजेताको सूची Smart Plaza र Big Digital को आधिकारिक फेसबुक पेजमा पनि उपलब्ध हुनेछ।

क्यासब्याक र उपहारहरूबारे जानकारी :

टिभी: २६% सम्म क्यासब्याक, निःशुल्क साउन्डबार र छानिएका मोडलमा १२ महिनासम्म निःशुल्क NETTV प्याकेज।

रेफ्रिजेरेटर: २१% सम्म क्यासब्याक र रु. ५,००० सम्म एक्सचेन्ज बोनस।

वासिङ मेसिन: १८% सम्म क्यासब्याक, रु. ३,००० सम्म एक्सचेन्ज बोनस र छानिएका मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क।

यसका साथै, उपभोक्ताहरूले Samsung Insta Finance (Hulas Finserve) मार्फत १२ वा २४ महिनाको शून्य प्रतिशत वा सहज EMI योजनामा सामान खरिद गर्न सक्नेछन्। पुराना उपकरण साट्न चाहने ग्राहकका लागि ArkoStore वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्जको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।