काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पूरा भएको छ ।
प्रारम्भिक चरणबाट नेपाल र अफगानिस्तान तथा मलेसिया र हङकङ विजेता र उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेका हुन् । समूह चरणबाट जापान र ओमान बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, भारत र अफगानिस्तान खेल्ने छन् । त्यस्तै, नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाले खेल्ने तय भएको छ । क्वाटरफाइनलका खेल सोमबार र मंगलबार हुने छन् ।
नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेको थियो भने जापानविरुद्धको खेल पूरा हुन नपाउँदा अंक बाँडेको थियो ।
क्वाटरफाइनलमा विजेता देश सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनलका खेल विहिबार हुने छन् । सेमिफाइनलका विजेता फाइनल खेल्ने छन् भने पराजित हुने देश कास्य पदकका लागि खेल्ने छन् ।
फाइनल र कास्य पदकको खेल आगामी शनिबार हुने छन् ।