• २०८३ असोज ११
  • 2026 September 27, Sunday

विपद् उद्धार र पुनःस्थापनाका लागि नेपाल सरकारलाई १० करोडभन्दा बढीका उपकरण सहयोग

काठमाडौं । Doosan Bobcat India Pvt. Ltd. ले नेपाल सरकारलाई विपद् उद्धार तथा पुनःस्थापनाका लागि १० करोड रुपैयाँभन्दा बढी मूल्यका आवश्यक उपकरण सहयोग गरेको छ।

भदौ १०, २०८३ मा आएको भोटेकोशी नदीको विनाशकारी बाढीका कारण जनजीवन, घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले उक्त सहयोग उपलब्ध गराएको हो।

कम्पनीका अनुसार सहयोगअन्तर्गत नेपाल सरकारलाई Bobcat Mini Excavators ४ थान, Bobcat Backhoe Loaders २ थान, Bobcat Skid Steer Loaders ३ थान र Bobcat Tower Lights ६ थान उपलब्ध गराइएको छ।

उक्त उपकरणहरू भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध पहुँच खुलाउने, बाटो पुनःस्थापना गर्ने तथा अन्य आपत्कालीन पुनःस्थापना कार्यमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

उपकरणहरू F.G. Incorporated Pvt. Ltd. नेपालका अधिकृत डिलरसँगको सहकार्यमा सर्भिस तथा तयारी गरी परिचालनका लागि तयार गरिएको जनाइएको छ।

कम्पनीका अनुसार अध्यक्ष पवनकुमार गुप्ता, F.G. Incorporated Pvt. Ltd. का प्रबन्ध निर्देशक कैदार गुप्ता तथा कम्पनीका निर्देशक पारितोष गुप्तासहितको टोलीले नेपाल सरकारका सम्बन्धित मन्त्रीसमक्ष उक्त उपकरण औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

Doosan Bobcat India Pvt. Ltd. ले विपद् उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका प्रयासमा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।