• २०८३ असोज ११
  • 2026 September 27, Sunday

होण्डाले ल्यायो ‘यो दशैं, आशाको सुरुवात’ योजना, एक लाख रुपैयाँसम्म जित्ने मौका

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैं, आशाको सुरुवात’ नामक विशेष योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत होण्डाका नयाँ बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकले कम्पनीमार्फत एक लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्नेछन्। ग्राहकले नयाँ होण्डा बाइक वा स्कुटर खरिद गर्दा स्क्र्याच कुपनमार्फत उक्त पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

योजनाको मुख्य आकर्षणका रूपमा रहेको ‘सहयोगको संकल्प’ अन्तर्गत होण्डाले प्रत्येक प्रदेशबाट एक/एक जना गरी ७ जना भाग्यशाली विजेता छनोट गर्नेछ। विजेताले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। साथै, विजेताले पाउने रकम बराबरको रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ।

ग्राहकका लागि कम्पनीले अतिरिक्त योजना (Additional Scheme) समेत ल्याएको छ। यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता र इच्छाअनुसार तीनमध्ये एक सुविधा रोज्न सक्नेछन्। जसमा १० हजार रुपैयाँसम्मको अतिरिक्त स्क्र्याच कुपन, ७ वर्षसम्म निःशुल्क सर्भिसिङ वा ५ वर्षसम्मको वार्षिक मर्मत सम्झौता (AMC) मध्ये एक सुविधा छनोट गर्न सकिनेछ।

नयाँ बाइक तथा स्कुटर खरिदलाई सहज बनाउन कम्पनीले आफ्नो फाइनान्स पार्टनर स्याकर हायर पर्चेज प्रालि. मार्फत सहज फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत होण्डा टु–ह्विलर खरिद गर्दा निर्धारित नियम तथा सर्तहरू लागू हुनेछन्। योजनाबारे थप जानकारीका लागि ग्राहकले होण्डा शोरुम तथा कम्पनीको वेबसाइटमार्फत जानकारी लिन सक्नेछन्।