• २०८३ असोज १५
  • 2026 October 01, Thursday

संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो ।

संघीय संसद्को चालु अधिवेशन गत बैशाख २८ गतेदेखि सुरु भएको थियो । संबैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा अधिवेशन बोलाउने र अन्त्य गर्ने प्रावधान रहेको छ ।