• २०८३ असोज १६
  • 2026 October 02, Friday

नेपालका बाढी प्रभावितका लागि होन्डाको एक लाख डलर सहयोग

काठमाडौं । नेपालमा गत भदाै १० मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्‍याउन होन्डाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख डलर सहयोग गरेको छ।

होन्डाको एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रदान गरेको हो।

होन्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको छ।