काठमाडौं । नेपालका लागि JSW MG Motor India को आधिकारिक वितरक G.O. Automobiles Pvt. Ltd. ले आफ्नो नयाँ MG Hector Tomahawk EV को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले यस प्रिमियम Electric SUV को मूल्य रु. ६१ लाख ९९ हजार निर्धारण गरेको छ। यस वर्षको सुरुवातमा नेपाली बजारमा प्रवेश गरेको MG ले आफ्नो portfolio विस्तार गर्ने क्रममा यो नयाँ Electric SUV सार्वजनिक गरेको हो।
Launch अन्तर्गत G.O. Automobiles ले पहिलो ५० जना ग्राहकका लागि रु. ५७ लाख ९९ हजारको विशेष introductory price उपलब्ध गराउने घोषणा गरेको छ। मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले कम्पनीले MG Hector Tomahawk EV का spare parts को मूल्यसूचीसमेत सार्वजनिक गरेको छ।
MG Hector Tomahawk EV प्रिमियम SUV को फराकिलोपन, आकर्षक presence र comfort सँगै electric mobility का फाइदाहरू चाहने ग्राहकलाई लक्षित गरी design गरिएको छ। यसमा ६९.२ kWh क्षमताको battery र १५० kW क्षमताको electric motor रहेको छ, जसले ३१० Nm torque उत्पादन गर्छ। यसले एकपटकको charge मा MIDC-certified मापदण्डअनुसार ५१७ km सम्मको range प्रदान गर्छ। साथै, यसले ० देखि १०० km/h को गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ।
यस SUV ले ९० kW सम्मको DC fast charging support गर्छ, जसबाट battery लाई ३० देखि ८० प्रतिशतसम्म charge गर्न अनुमानित ३५ मिनेट लाग्छ। त्यस्तै, ७.४ kW क्षमताको AC charger प्रयोग गर्दा battery लाई १० देखि १०० प्रतिशतसम्म charge गर्न अनुमानित १२.५ घण्टा लाग्छ।
MG Hector Tomahawk EV मा ग्राहकको आवश्यकता र प्रयोगअनुसार ५-seater र ७-seater configuration उपलब्ध छन्। ५-seater configuration मा ६१० litres सम्मको boot space रहेको छ। यसको cabin मा wireless Android Auto र Apple CarPlay support गर्ने ३२.५ cm (१२.८-inch) touchscreen infotainment system तथा २२.३ cm multi-information display रहेको छ।
Safety का लागि यस SUV मा high-strength steel body structure, ६ वटा airbags, Electronic Stability Program (ESP), traction control, hill hold control, ABS with EBD, चारवटै पाङ्ग्रामा disc brakes, auto hold सुविधासहितको electric parking brake, direct tyre pressure monitoring system, ISOFIX child-seat anchors, rear parking sensors र reverse parking camera जस्ता features समावेश छन्।
G.O. Automobiles का प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, “MG Hector Tomahawk EV नेपाली ग्राहकसमक्ष ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। नेपालमा smart र sustainable mobility प्रतिको आकर्षण बढ्दै गएको छ। यो SUV ले technology, comfort र electric performance को उत्कृष्ट संयोजन प्रस्तुत गर्नुका साथै यसको मूल्यले ग्राहकलाई वास्तविक value प्रदान गर्ने हाम्रो विश्वास छ। सवारीसाधन उपलब्ध गराउनुका साथै प्रत्येक MG owner लाई उत्कृष्ट service र after-sales experience प्रदान गर्न पनि हामी प्रतिबद्ध छौँ।”
ग्राहकहरूले MG Hector Tomahawk EV को booking तथा test drive का लागि MG Kathmandu, Thapathali मा सम्पर्क गर्न सक्नेछन्।
MG Hector Tomahawk EV मार्फत MG ले नेपालको mobility क्षेत्रमा innovation, sustainability र contemporary design सहितका सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।
