काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शेरफेन रदरफोर्डलाई अनुबन्ध गरेको छ ।
पाकिस्तानका पूर्व कप्तान मिशवाह उल हकको मुख्य प्रशिक्षणमा रहेको सुदूरपश्चिमले रदरफोर्डलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
उनले वेस्ट इन्डिजका लागि ६१ टी-२० खेल खेलेका छन् भने ३१ एकदिवसीय खेल खेलेका छन् ।