• २०८३ कात्तिक ८
  • 2026 October 24, Saturday

बङ्गलादेशका अलराउन्डर शमीम लुम्बिनीबाट एनपीएल खेल्दै

काठमाडौं । बङ्गलादेशका अन्तर्राष्ट्रिय क्रिकेटर शमीम हुसेन पाटवारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

सन् २००० सेप्टेम्बर २ मा बङ्गलादेशको चाँदपुरमा जन्मिएका शमीम आक्रामक ब्याटिङ र उपयोगी बलिङका लागि परिचित अलराउन्डर हुन् । उनी बङ्गलादेशको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । सन् २०२० मा बङ्गलादेशले यू–१९ विश्वकप जित्दा उनी टोलीका सदस्य थिए ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पछिल्लो विदेशी खेलाडीको रुपमा उनलाई भित्राएको छ । श्रीलंकाका निरोशन डिकवेला समेत लुम्बिनीबाट खेल्दैछन् ।