• २०८३ कात्तिक १२
  • 2026 October 28, Wednesday

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत आज एक खेल हुँदैछ ।

त्रिवि क्रिकेट स्टेडियममा साँझ ५ बजे हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमने सामने हुँदैछन् ।

सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने पोखराले भने यस सिजनको पहिलो खेल खेल्दैछ ।

यसअघि भएका खेलमा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ-आफ्ना पहिलो खेल जितेका छन् ।