• २०८३ कार्तिक १८
  • 2026 November 03, Tuesday

सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किए

कठमाडौं । सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किएका छन् ।

मंगलबार बिहान फिस्टेल एयर र एयर डाइनेस्टीको हेलिकोप्टर एक आपसमा ठोक्किएका हुन् ।

प्रहरीका अनुसार फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए ।

दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका एक जनालाई हेलिकोप्टर उद्धार गरिएको बताइएको छ । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।