काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा थापा र ओलीबीच मधेस प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सरकारको भविष्यबारे छलफल भएको हो ।
एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार संकटमा रहेको बेला थापा र ओलीबीच भेटवार्ता भएको छ ।
एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका हुन् ।
भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।