• २०८३ कार्तिक २०
  • 2026 November 05, Thursday

महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महानिरीक्षक प्रकरणमा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन् ।

विहिबार चितवन पुगेका सभापति लामिछानेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै महानिरीक्षक परिवर्तनको विषयमा सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्ने बताएका हुन् ।

उनले भने- ‘पार्टी असन्तुष्ट होइन, कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य अवश्य पनि सरकारले पुष्टि गर्ला । सुरक्षा निकायसँग सम्बन्धित रहेको यो जिम्मेवारी हेरफेरमा एउटा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य अवश्य पनि पुष्टि गर्ला ।’

सरकारका निर्णयमाथि प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने काम पार्टीको जिम्मेवारी भएको बताए ।