• २०८३ कार्तिक २९
  • 2026 November 15, Sunday

कर्णाली याक्सको सान्त्वना जित, चितवन २४ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको छ ।

प्लेअफको दौडबाट बाहिरिएको कर्णाली याक्सले यस सिजनको अन्तिम खेलमा सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

कर्णालीले दिएको १५४ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो ।

चितवनका लागि कमिल मिशाराले २५, उसमा मिरले २८, देव खनालले १४ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर हुसैन तलतले ३ विकेट लिए भने मार्क वाट र पवन सराफले २-२ तथा सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनाएको थियो ।

कर्णालीका लागि हुसैन तलतले सर्बाधिक अविजित ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रन बनाएका थिए । त्यस्तै, गुलशन झाले १८ र पवन सराफले १५ रन बनाएका थिए । त्यस्तै, चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्धीन खान र उसमा मिरले २-२ विकेट लिएका थिए ।

यो हारपछि पनि चितवन भने यसअघि नै प्लेअफमा पुगेको छ र चितवन अब चौथो स्थानमै रहेर इलिमिनेटर खेल्ने छ ।