काठमाडौँ । नेपाल सरकारले काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा आजदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू भएको छ ।
सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मंसिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको थियो ।
यो कानुन लागु भएसँगै अब पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिन अनिवार्य भएको छ । इजाजत नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था गरिएको छ ।