• २०८३ मंसिर ३
  • 2026 November 19, Thursday

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुँदै

काठमाडौं । माछापुच्छ्रे् बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे् दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे् बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन ट्रेल रनिङसँग सहकार्य गरेको हो ।

प्रतियोगिताले स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा पोखराको साहसिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ ।

प्रतियोगिहरूले आफ्नो क्षमता र रुचि अनुसार ५ किलोमिटर, १२ किलोमिटर (कर्पोरेट विधा), २१ किलोमिटर र ४२ किलोमिटर गरी चार विधामा सहभागी हुन सक्नेछन् ।

इच्छुक धावकहरूले आयोजकको आधिकारिक वेबसाइट मार्फत आफूलाई उपयुक्त विधा छनोट गरी अनलाइन दर्ता गर्न सक्नेछन् ।

बढ्दो व्यस्त जीवनशैली र शारीरिक निष्क्रियताका बीच नियमित व्यायाम तथा खेलकुदको महत्वबारे जनचेतना अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले माछापुच्छ्रे् बैंकले यस प्रतियोगितामा सहकार्य गरेको हो ।