• २०८३ मंसिर ७
  • 2026 November 23, Monday

गजियस इन्टरनेसनलको ‘सप मोर, गेट मोर’ अभियान सम्पन्न, भानु एले जिते टीभीएस रोनिन

काठमाडौं । गजियस इन्टरनेसनलले सञ्चालन गरेको पर्वोत्सव अभियान ‘Shop More, Get More’ सम्पन्न भएको छ। कम्पनीले आइतबार (नोभेम्बर २२) काठमाडौंस्थित सिभिल मलमा विशेष कार्यक्रम आयोजना गरी अभियानका भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गरेको हो।

गजियस इन्टरनेसनलअन्तर्गतका अन्तर्राष्ट्रिय ब्रान्ड स्केचर्स (Skechers), एन्टा (ANTA), जोमा (JOMA) र बालाबाला (BalaBala) को सहभागितामा उक्त अभियान सञ्चालन गरिएको थियो। अभियानमार्फत नेपालभरका ग्राहकलाई खरिदसँगै आकर्षक उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ।

लक्की ड्रमार्फत दुई ग्राहक मुख्य पुरस्कारका लागि छनोट भएका छन्। जसअनुसार भानु एले टीभीएस रोनिन मोटरसाइकल जितेका छन् भने राजकुमार सापकोटाले टीभीएस एनटर्क स्कुटर प्राप्त गरेका छन्।

मुख्य पुरस्कारबाहेक अन्य भाग्यशाली सहभागीलाई समेत आकर्षक उपहार ह्याम्पर प्रदान गरिएको कम्पनीले जनाएको छ।

सिभिल मलमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा सञ्चारमाध्यमका प्रतिनिधि, इन्फ्लुएन्सर, ग्राहक तथा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।

अभियान सफल बनाउन सहयोग गर्ने ग्राहक, सञ्चारमाध्यमका साझेदार तथा इन्फ्लुएन्सरप्रति आभार व्यक्त गर्दै गजियस इन्टरनेसनलले आगामी दिनमा पनि ग्राहकका लागि थप आकर्षक अभियान, पुरस्कार तथा विशेष अवसरहरू ल्याउने प्रतिबद्धता जनाएको छ।