काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले राष्ट्रपति मुर्मूसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।
योसँगै प्रधानमन्त्री शाहको दुई दिने भारत भ्रमणका क्रममा तय गरिएका कार्यक्रम सकिएका छन् । उनी आजै साँझ स्वदेश फर्किँदैछन् ।