• २०८३ असोज १४
  • 2026 September 30, Wednesday
रवि लामिछाने

पूर्वगृहमन्त्री रवि लामिछानेसम्बन्धी बन्दीप्रत्यक्षीकरण निवेदनमा आज हुँदैछ सुनुवाइ

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आज बिहीबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

सर्वोच्चले मंगलबारदेखि उक्त निवेदनमाथि सुनुवाइ सुरु गरेको थियो। तर बुधबार संवैधानिक इजलास बसेका कारण बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुन सकेन। आज भने न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले सुनुवाइलाई निरन्तरता दिनेछ।

रवि लामिछानेलाई गैरकानुनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी हुन्।