• २०८३ भदौ १०
  • 2026 August 26, Wednesday

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, द क्लिफ प्रालिले दियो निशुल्क ओहोरदोहोरको सहायता !

  • २०८२ साउन ३०, शुक्रबार १४:४८

बाग्लुङ्ग नगरपालिका -१३ कालाखोलामा ठूलो पहिरो झर्दा अवरुद्ध भएको कालिगण्डकी करिडोरका कारण बाग्लुङका बिभिन्न स्थानमा जान यात्रुहरुलाई समस्या भएपछि ‘द क्लिफ प्रालि’ ले सहयोग गर्ने भएको छ।

पहिरोले आवतजावतमा समस्या बनाएपछि कम्पनीले परिचयपत्रका आधारमा आफुले संचालन गरेको पुलबाट १ महिनाको लागि निशुल्क ओहोरदोहोरको ब्यबस्था गरिदिएको हो।

यस क्षेत्रमा वर्षायाममा बर्सेनी पहिरोले दुख दिँदै आएको छ र द क्लिफले उक्त अबस्थामा निशुल्क ओहोरदोहोरको ब्यबस्था गर्दै आएको छ।

  • २०८२ साउन ३०, शुक्रबार १४:४८