• २०८३ भदौ १९
  • 2026 September 04, Friday

सुनचाँदीकाे भाउमा सामान्य गिरावट

काठमाडाैं । सुनको भाउ तोलामा तीन सय रुपैयाँ घटेको छ ।

आइतबार तोलाको ९१ हजार ६ सय रुपैयाँमा काराेबार भएको सुनको भाउ साेमबार तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवयासी महासङ्घले जनाएको छ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।