• २०८३ भदौ २३
  • 2026 September 08, Tuesday

नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चालन सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले ठेक्का दिँदा नै मिलेमतो गरेर दिइएको निष्कर्ष निकालेको छ ।

उक्त प्रतिवेदनमा दरबार संग्रहालय व्यवस्थापन समितिले तोकेको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर रेष्टुरेन्ट निर्माण गर्न दिएको निष्कर्ष निकालिएको छ।

प्रतिवेदनको निष्कर्ष छ, ‘तोकिएको जग्गा भन्दा बढी क्षेत्र ओगटी निर्माण कार्य भएको देखिन्छ।’

प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए ।

हेर्नुहाेस् पूर्णपाठ :