• २०८३ भदौ २४
  • 2026 September 09, Wednesday

२४ घण्टामा थपिए २४ सय ४४ जना कोरोना संक्रमित

  • २०७८ पुस २७, मङ्गलबार १०:४६

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालभर २४ सय ४४ नयाँ संक्रमित थपिएका छन्।जसमा १९८१ संक्रमित आरटी पीसीआर परीक्षणबाट भेटिएका हुन्। त्यस्तै एन्टिजेन विधिबाट ४६३ जनामा कोरोना पुष्टि भएको छ।

यही अवधिमा मृत्युदर भने निकै कम रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मात्रै ज्यान गएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ६४८ र एन्टिजेन विधिबाट ४३ सय ८५ परीक्षण भएको थियो।

 

  • २०७८ पुस २७, मङ्गलबार १०:४६