• २०८३ भदौ २०
  • 2026 September 05, Saturday

बलराम शाहीसँग रेखा थापाको बिहे

  • २०७८ फागुन २, सोमबार १२:३२

नायिका रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छिन्। शाही पेशाले पर्यटन व्यवसायी हुन् । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् । स्रोतका अनुसार शाही र रेखा केही वर्षयता रिलेसनसिपमा थिए ।

गत माघ ११ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको स्रोतले जनाएको छ । तर, रेखाले चाहिँ बिहेको खबरलाई मिडियासामु गुपचुप राख्दै आएकी थिइन् । उनीहरुबीच बैशाखमा बिहे हुने जनाइएको थियो । लामो समय नेपाली चलचित्र क्षेत्रमा रहेकी थापा पछिल्लो समय राप्रपा नेपालमा आवद्द रहेकी छिन्।

उनि केहि समय अघि सम्पन्न राप्रपा नेपालको महाधिबेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेर कुन्ती शाहीसंग पराजित भएकी थिइन। भने उनका पति शाही पर्यटन व्यवसायी हुन्। उनी इजरायल बस्दै आएका छन्।

 

  • २०७८ फागुन २, सोमबार १२:३२