• २०८३ कार्तिक २२
  • 2026 November 07, Saturday

काठमाडौँ गोर्खाजले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको हो ।

काठमाडौँका लागि डेबिड वार्नरले सर्बाधिक ६६ रन बनाएका थिए भने सहिल पटेलले ३८ रन बनाएका थिए ।

त्यस्तै, सहान अराचचिगेले अविजित ३४ रन बनाएका थिए । त्यसैगरी रुबेन ट्रम्पेलम्यान, शेर मल्ल र अभिशेष गौतमले २-२ विकेट लिएका थिए ।