• २०८३ भदौ २१
  • 2026 September 06, Sunday

गठबन्धनविरुद्ध जानु कांग्रेसलाई फाइदा छैन : वरिष्ठ नेता पौडेल

तनहु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले याे परिस्थितीमा गठबन्धनविरुद्ध गए कांग्रेसका लागि हानिकारक हुने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज दमौलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले एक्लै चुनावमा लड्ने आत्मविश्वास राख्नुपर्ने जाेड दिनुपर्ने वताएका हुन ।

“कम्युनिष्ट एकता कायम गराउन जाेड दिनु हुदैन, भन्दैमा कांग्रेस एक्लै लड्छाैँ भनेर पनि सम्भव हुँदैन” उनले भने, “एक्लै लड्ने आत्मविश्वास भने राख्नुपर्छ ।” कांग्रेस विगतमा पनि एक्लै लडेको चर्चा गर्दै उनले परिस्थितिअनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए । “समावेशीताका कारण एउटै पार्टीको बहुमत आउने अवस्था छैन, तालमेल गरेर कांग्रेसलाई ठूलो पार्टी बनाउनुपर्छ’’, उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले देशभर भएका विकासको काम कांग्रेसले गरेको बताउँदै जनतालाई यसबारेमा बुझाउन आवश्यक रहेको बताए । भएका गल्ती कमजोरी सुधार्दै अगाडि बढ्नुपर्ने बताउँदै उनले कांग्रेसभित्र हातेमालो र हार्दिकता सिर्जना गर्नुपर्ने जोड दिए ।

गठबन्धन चुनावकाे लागि मात्र आवश्यक नरहेको भन्दै उनले कांग्रेसले एक्लै चुनाव जित्ने दाबी गरे । केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस एकआपसमा मिले मात्र निर्वाचन जित्न सकिने बताए । क्षेत्रीय सभापति श्याम मौरातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई, ध्रुव वाग्ले, निवर्तमान जिल्ला सभापति वैकुण्ठ न्यौपानेलगायतले बोलेका थिए ।