• २०८३ असोज १२
  • 2026 September 28, Monday

भोट खसेकाे भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्सायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको भोलिपल्टै सरकारले जनतामाथि मूल्यवृद्धिको डण्डा बर्साएको बताएका छन्।

बिहीबार संसद्मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता ओलीले मतदान सकिएको एक दिन नबित्दै पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गराएको बताएका हुन् । उनले भने, ‘३० गते भोट खसाइन्जेलसम्म चुप लागेर बस्ने, भोलिपल्टै मूल्यवृद्धिको डण्डाले हान्दिने । त्यो पनि एक हप्ताभित्रै अर्को डण्डाले हानियो ।’

पेट्रोलियम पदार्थको मूल्य बढ्नेबित्तिकै हरेक वस्तुको मूल्य स्वभाविक रुपमा बढ्ने उनको भनाइ छ । उनले सरकारले मूल्यवृद्धिको सन्दर्भमा नकारात्मक कीर्तिमान कायम गरेको आराेप पनि लगाए ।

याे पनि :
देउवालाई ओलीकाे प्रश्न : ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’
सरकारकाे नीति तथा कार्यक्रममा ओलीकाे टिप्पणी : चास्नीमा नहालेकाे जेरी
ओलीकाे प्रश्न : मतदाताकाे हत्या भयाे, यही हाे स्वच्छ निर्वाचन ?