• २०८३ असोज १३
  • 2026 September 29, Tuesday

गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ

गुल्मी । गुल्मीमा श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।

गुल्मीको मदाने गाउँपालिका-४ की २४ वर्षीया महिलाले आफ्नै श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी माधवराज खरेलले जानकारी दिए।

ती महिलाले शनिवार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको डीएसपी खरेलले बताए ।

उक्त दम्पतीका दुई सन्तानसमेत छन् । प्रहरीले पीडित र पीडक दुवैको नाम भने गोप्य राखेको छ ।

प्रहरीका अनुसार ती महिलाले आफ्नो श्रीमानले डर धम्की देखाई पटक-पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेको जाहेरीमा उल्लेख गरेकी छन् । उनको जाहेरीका आधारमा वैवाहिक बलात्कार मुद्दामा अनुसन्धान भइरहेको डीएसपी खरेलले बताए ।