• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने

काठमाडौं । प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलाे संशाेधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएकाे सन्देशसहितकाे राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ ।

सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठककाे सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ ।

राष्ट्रपति भण्डारीले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको थियो ।

साेमबार राष्ट्रपति कार्यालयको पत्र संघीय संसद सचिवालयमा पुगेको छ । प्राप्त राष्ट्रपति कार्यलयको पत्रबारे मंगलबार सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची आएको हो ।