• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

एमएडब्लूले नेपालमा बिक्री गर्‍यो १० हजार जेसीबी मेसिन

काठमाडौं । नेपालका लागि जेसीबी मेसिनको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रा.लिले नेपालमा १० हजार जेसीबी मेसिन बिक्री गरेकाे छ ।

शुक्रबार जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक दिपक सेठीले एमएडब्लू अर्थमुभर्सका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक निकोलस पाण्डेलाई १० हजाराैँ मेसिनको चाबी हस्तान्तरण गरेका हुन् ।

१० हजाराैँ मेसिनको रुपमा जेसीबी टेलिह्यान्डलरको चाबी हस्तान्तरण कार्यक्रममा जेसीबी इन्डियाका सिइओ तथा प्रबन्ध निर्देशक सेठीले जेसीबी नेपालले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने भएकै कारणले दक्षिण एसियाको नम्बर १ डिलर बन्न सफल भएको बताए ।

उनले ग्राहक सुविधाका लागि कुनै पनि प्रकारको सहयोग आवश्यक परेको खण्डमा त्यसलाई पूर्ति गर्न जेसीबी इन्डिया सदैव तयार रहेको बताए ।

त्यसैगरी, कालिका कालिका कन्स्ट्रक्सन प्रा.लिका प्रबन्ध निर्देशक निकोलस पाण्डेले जेसीबीले दिने सेवा सुविधाकै कारण यो ब्रान्ड आफ्नो पहिलो रोजाइमा परेको बताए ।

नेपाली कन्स्ट्रक्सन तथा हेभी इक्युप्मेन्ट क्षेत्रको अग्रणी खेलाडी एमएडब्लू जेसीबीले गुणस्तरीय र वर्ल्ड क्लास उत्पादन र सेवामार्फत देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

एमएडब्लू अर्थमुभर्सले ब्याकहो लोडर, एस्काभेटर, ह्विल लोडर, कम्प्याक्टर, टेलिह्यान्डलर र स्किड स्टेरिङ लोडर जस्ता जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टहरुको विक्री वितरण गर्दै आएको छ । नेपाली बजारमा जेसीबीको बजार हिस्सा ५० प्रतिशतभन्दा बढी छ ।